क्षितिज पारी उनको बस्तिमा Chhitij Paari Ramji Khand & Tika Pun

####### Original Song ########

पहिलो टुक्का केटा: भेट होस् भनी देउतालाई भाकिन् कि, कठै उनी पर्खाइमैं थाकिन् कि… पुग्ने मन थ्यो हिजो अस्तिमा, आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा… देउतालाई भाकिन् कि, कठै उनी पर्खाइमैं थाकिन् कि… पुग्ने मन थ्यो हिजो अस्तिमा, (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२ केटी: चौतारीमा दिनभरी पर्खिएँ, निराश हुँदै साँझमा घर फर्किएँ… आउँछु भन्थ्यौ हिजो अस्तिमा, आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा… दिनभरी पर्खिएँ, निराश हुँदै साँझमा घर फर्किएँ… आउँछु भन्थ्यौ हिजो अस्तिमा, (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२ 🎼🎵🎶🎧🎷 म्युजिक 🎷 🎧🎶🎵🎼 दोस्रो टुक्का केटा: दशैं तिहार आइसक्यो हेर, झर्छ आँसु सानुलाई सम्झेर पुग्ने मन थ्यो हिजो अस्तिमा… आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा… आइसक्यो हेर, झर्छ आँसु सानुलाई सम्झेर पुग्ने मन थ्यो हिजो अस्तिमा… (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२ केटी: चाडपर्वमा भए नी आउ बरु, सानु भए चाहिन्न केही अरु… आउँछु भन्थ्यौ हिजो अस्तिमा, आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा… भए नी आउ बरु, सानु भए चाहिन्न केही अरु… आउँछु भन्थ्यौ हिजो अस्तिमा, (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२ 🎼🎵🎶🎧🎷 म्युजिक 🎷 🎧🎶🎵🎼 केटा: जसोतसो बाँचेकै छु यता, बरु उनलाई कस्तो छ खै त्यता… पुग्ने मन थ्यो हिजो अस्तिमा, आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा… बाँचेकै छु यता, बरु उनलाई कस्तो छ खै त्यता… पुग्ने मन थ्यो हिजो अस्तिमा, (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२ केटी: सर्दै गयो भेट हुने मिति, कुर्दा कुर्दै बेहाल भो स्थिति… आउँछु भन्थ्यौ हिजो अस्तिमा… आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा… भेट हुने मिति, कुर्दा कुर्दै बेहाल भो स्थिति… आउँछु भन्थ्यौ हिजो अस्तिमा… (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२ 🎼🎵🎶🎧🎷 म्युजिक 🎷 🎧🎶🎵🎼 केटा: आँखाबाट बग्दछ आँसु भेल, निंद्रा पनि नलाग्ने भो अचेल… पुग्ने मन थ्यो हिजो अस्तिमा, आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा… बग्दछ आँसु भेल, निंद्रा पनि नलाग्ने भो अचेल… पुग्ने मन थ्यो हिजो अस्तिमा, (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२ केटी: रोइरा'की छु लामो सास फेरेर, सानु आउने मूलबाटो हेरेर… आउँछु भन्थ्यौ हिजो अस्तिमा, आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा… लामो सास फेरेर, सानु आउने मूलबाटो हेरेर… आउँछु भन्थ्यौ हिजो अस्तिमा, (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२
Similar Tracks